post-slider post-slider

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

Image
A A

काठमाडौं- कोपा अमेरिका फुटबल प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

अर्जेन्टिनाले क्यानडालाई शुक्रबार बिहान २-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरेका थिए।

दुबै गोल दोस्रो हाफमा भएको थियो। पहिलो गोल अल्भारेजले ४९ र दोस्रो गोल मार्टिनेजले ८८ मिनेटमा गरेका थिए।

समूह चरणको दोस्रो खेल अब शनिबार बिहान पेरु र चिलीबीच हुने छ।

Tags: