post-slider post-slider

सन्दीप एसियाकप खेल्न पाकिस्तान जाने

Image

काठमाडौं- नाबालिग बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको अर्को पेसी २१ भदौका लागि तोकिएको छ।

आइताबर अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेपछि सुुनवाइ स्थगित भएको हो।

मुद्दाको सुनवाइका लागि अर्को पेसी २१ भदौमा तोकिएको छ।

मुद्दाको सुनुवाइ स्थगित भएपछि लामिछाने एसिया कपका लागि सोमबार पाकिस्तान जाने बताइएको छ।

उनका कानुन व्यवसायी मुरारी सापकोटाले एसिया कपका लागि लामिछाने सोमबार पाकिस्तान जाने बताएका छन्।

नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि लामिछाने मुद्दाका कारण यतै रोकिएका थिए।

 

Tags: