post-slider post-slider

‘मधेसमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगबाट निर्णय हुन्छ’

Image
A A

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेसका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगबाट निर्णय लिन सरकारले तयारी गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकार नयाँ ढंगले निर्णय लिन लागेको बताए।

सर्लाही, पर्सालगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनक घटना भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो।

आइतबार बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितमा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक निर्णय गर्न लागेको उनले बताए।

सुरूमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले उल्लेख गरे।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पु¥याउने र खलल पार्ने कार्य भइरहेको भन्दै उनले त्यसप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो।

 

Tags: