post-slider post-slider

गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लाग्यो : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलका कारण देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन्।

‘समृद्धिका लागि संकल्प यात्रा अभियान’ का क्रममा बुधबार रूकुपपूर्व सिस्ने गाउँपालिकाको रूकुमकोटमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश असफलताको बाटोमा गइरहेको बताए।

कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण लिनुपरेको उनको भनाइ छ।

‘देशको कर्मचारीलाई समेत ऋण लिएर तलब खुवाउनु भनेको सामान्य कुरा होइन, देशको आर्थिक अवस्था कति नाजुक छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ,’ उनले भने।

ओलीले यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्र सुधारमा ध्यान नदिएको आरोप लगाए।

उनले भने,‘अनुत्पादक क्षेत्रका लागि सरकारले ऋण लिइरहेको छ। त्यसलाई पूर्ति गर्न उत्पादन क्षेत्रमा लगानी गर्नेतर्फ सरकारको ध्यान छैन। यो सरकारले मुलुकमा सुशासन कायम गर्न असफल भइसक्यो।’

सरकारले देश राम्रोसँग चलाउन नसक्दा हाल युवाहरू विदेश पलायन भइरहेको बताउँदै उनले स्वदेशमै रोजगारी सिर्जना गर्न सकेको भए यो अवस्था रोकिन सकिने उल्लेख गरे।

ओलीले सरकारको ध्यान सत्ता टिकाउने मात्र रहेको बताए।

 

Tags: