post-slider post-slider

‘प्रधानमन्त्रीको भारत भ्रमणमा देशको मर्यादा उल्लंघन भयो’

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएका बताएका हुन्।

भारत भ्रमणका क्रममा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई तरंगित बनाएको उनको भनाइ छ।

ओलीले बंगलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र प्रयोग गर्न कसैले नरोकेको उल्लेख गरे।

सीमा विवाद समाधानको बंगलादेश मोडेल ठीक नरहेको बताउँदै उनले उनीहरूले आफ्नो छुटेका जग्गा आपसमा लेनदेन गरे पनि नेपाल भारतबीच जमिन सट्टापट्टा हुन नसक्ने बताए।

प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको ओलीले टिप्पणी गरे। भ्रमणका क्रममा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको उनको भनाइ छ।

ओलीले प्रधानमन्त्रीले भारतीय अधिकारीहरूसँगको भेटका क्रममा परराष्ट्रलगायतका मन्त्रीहरूलाई सँगै नराखी प्रमुख स्वकीय सचिव छोरीलाई राखेकोमा आलोचना गरे।

‘उहाँले परिवारको सदस्य राख्नुभयो। परराष्ट्रमन्त्री कहाँ छन्, अर्थमन्त्री कहाँ छन्? अरू मन्त्रीहरू कहाँ छन्? फस्र्ट लेडी भनेको स्पउस(श्रीमान / श्रीमती) नै हो। परिवारका अन्य सदस्य हैनन्। प्रधानमन्त्रीले मर्यादा राख्नुभएन, प्रोटोकल मिलेन,’ ओलीले भने।

 

Tags: