post-slider post-slider

५३ तोला चाँदीसहित दुई जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले ५३ तोला चाँदीसहित बाराबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान–५ बस्ने अन्दाजी ३५ वर्षीय गुजराज बिक र इटहरी–बस्ने बद्री बिक रहेको प्रहरीले जनाएको छ।

स्कुटीमा बीरगञ्जबाट काठमाडौंंतर्फ आउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा उनीहरूलाई पथलैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बा.प्र. ०२–०२७ प १८५१ नम्बरको स्कुटी सवार उनीहरूको साथबाट १ लाख १३ हजार १७० रूपैयाँ बराबरको फर्जी बिल भएको ५३ तोला चाँदीको गरगहना बरामद गरिएको उनले बताए।

प्रहरीले जनाएअनुसार उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, चाँदीको औंठी ३३ थान, चाँदीको मंगलसुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ।

 

Tags: