post-slider post-slider

कर्णालीमा सकियो मतदान

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको निर्वाचनअन्तर्गत कर्णाली प्रदेसमा मतदान सकिएको छ।

निर्वाचन आयोगले दिउँसो ३ बजेसम्मको समय निर्धारण गरे पनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेससभातर्फ ४० सदस्यले मतदान गरेका छन्।

त्यस्तै ७९ स्थानीय तहका कुल १५८ मतदातामध्ये १५६ जनाले मतदान गरेका छन्।

दैलेखकका महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको निधन भएको थियो।

बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो १ः१५ बजे सकिएको हो।

मतदान सकिएसँगै छलफलबाट मतगणनासम्बन्धी निर्णय हुने र सम्भवतः आजे नतिजा आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कर्णाली प्रदेसबाट तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विक उम्मेदवार छन्।

यस्तै नेकपा एमालेका तर्फबाट अन्यमा डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विक उम्मेदवार छन्।

यसपटक भएको निर्वाचनमा प्रदेससभा सदस्यका लागि ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि १९ मतभार निर्धारण गरिएको छ।

कर्णाली प्रदेसमा कुल मतभार ५ हजार ८४ रहेको छ।

 

Tags: