post-slider post-slider

नापी कार्यालय कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ

Image
A A

काठमाडौं, माघ २४ - नापी कार्यालय कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रमणि पोखरेललाई बुधबार पक्राउ गरेको हो।

जग्गाको हालसाबिक एवम् कित्ताकाट गरी पूर्जा उपलब्ध गराउने प्रयोजनार्थ घुस मागिरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

उनीहरूलाई सेवाग्राहीबाट लिइसकेको एक लाख रकम घुससहित कार्यालयबाटै पक्राउ गरिएको घिमिरेले बताए।

दुबैलाई न्यायिक हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको उनले बताए।

Tags: