post-slider post-slider

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले नेताले भेट्नु सामान्य विषय हो : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य भएको बताएका छन्।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यस्ता विषयलाई मलजल गर्न नहुने बताए।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजीलाई भेट्नु ठूलो कुरा होइन। उहाँ हाम्रो पार्टीको उपाध्यक्ष र आदरणीय व्यक्ति नै हो नि! विष्णुजी मात्र होइन, मैले पनि कुरा गरेको छु,’ उनले भने,‘कुरा गरेको विषयलाई पार्टीमा आइदिनुप¥यो भनेर कार्ड छापेर लिएर जानुभयो रे नि! निम्ता गर्ने खालका प्रयासहरूलाई मलजल नगरेको राम्रो हुन्छ।’

अध्यक्ष ओलीले पार्टीभित्र अनावश्यक विवाद झिक्न खोजिएको आरोप लगाए। विभिन्न नेताहरूलाई भँजाएर एमालेभित्रको विवाद झिक्न खोजिएको उनले बताए।

ओलीले आफू हुन्जेल पार्टी टुक्रा हुने हल्लाको पछाडि नलाग्न आग्रह गरे।

‘ओली छउन्जेलसम्म पार्टी टुक्राटुक्रा हुन्छ रे! दुनियाँ लाग्दा एमालेलाई सकेन। अब कसले भनेका कुरा। खुद्रा मासिना कुरा टिपेर के हिँड्नुभएको छ? अलिक गतिला कुरा टिप्नुस न,’ उनले भने।

 

Tags: