post-slider post-slider

राप्रपाले भन्यो- वर्तमान सत्ताकेन्द्रित चलखेलमा सहभागी हुँदैनौँ

Image

नयाँ बनेको गठबन्धनले बनाउने सरकारमा राप्रपा नजाने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने बताएका हुन्। 

केहीबेरअघि सामाजिक सञ्जालमा लिङ्देनले लेखेका छन्, 'वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।

नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा मिलेर नयाँ गठबन्धन बनाएका छन्। प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलको सेट नै फेरेर नयाँ आकार दिन लागेका छन्। बालुवाटार अहिले नयाँ गठबन्धनको बैठक बसिरहेको छ। 

Tags: