post-slider post-slider

दाङमा बस दुर्घटना, करिव २५ यात्रु घाइते

Image
A A

दाङ- काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ।

पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरूको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ।

गम्भीर घाइतेहरूलाई उपचारको लागि लमही अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।

Tags: