post-slider post-slider

इटालीको आत्मघाती गोल सहयोगमा स्पेन नकआउट चरणमा

Image
A A

काठमाडौं- स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ। शुक्रबार बिहान राति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए। 

यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो। २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ।

त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ। अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ।

अर्को खेलमा इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ। युरो कपको समूह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो।

बिहीबार राति सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औं मिनेटमा ह्यारी केनको गोलमा सुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो।

डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट सानदार गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले बराबरी अंक बाँडेका थिए।

यो बराबरीपछि समूह सी मा इङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ।

अब समूह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोही दिन सर्बियासँग खेल्ने तालिका रहेको छ।

 

Tags: