धोनीको चेन्नई सुपर किंग्स पाँचौंपटक आइपिएल च्याम्पियन
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सले हात पारेको छ।
मुम्बई इन्डियन्सको बराबरी गर्दै चेन्नईले पाँचौंपटक आइपिएलको उपाधि हात पारेको हो।
हार्दिक पान्ड्याको गुजरात टाइटन्सलाई ५ विकेटले पराजित चेन्नईले उपाधि कब्जा गरेको हो।
सोमबार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा २१५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
लक्ष्य पछ्याउन ब्याटिङका लागि मैदानमा उत्रिएको चेन्नईले ३ बलको मात्रै सामना गर्दा वर्षाका कारण खेल प्रभावित भयो।
डकवर्थ लुइस (डिएलएस) नियमअनुसार चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो।
खेलको अन्तिम दुई बलमा चेन्नईलाई जितका लागि १० रन चाहिएको थियो। ब्याटिङ गरिरहेका रवीन्द्र जडेजाले गुजरातका मोहित शर्माको पाँचौं बलमा छक्का प्रहार गरे।
अन्तिम बलमा जितका लागि चार रन बाँकी छँदा जडेजाले चौका प्रहार गरे।
जडेजाले अन्तिम बलमा प्रहार गरेको त्यही चौका चेन्नईलाई पाँचौंपटक आइपिएल उपाधि हात दिलायो।
त्यसअघि चेन्नईका लागि ओपनिङ गर्न आएका ऋतुराज गायकवाड र डेवोन कौनवेले आक्रमक सुरुवात गर्दै पावरप्लेको चार ओभरमा ४८ रन जोडेका थिए।
दुवै ओपनरले ७४ रनको साझेदारी ग¥यो। चेन्नईको पहिलो विकेट गायकवाडको रुपमा ७४ रनमा सातौं ओभरमा खस्यो।
मैदानमा इम्प्याक्ट प्लेयरका रुपमा शिवम दुबे उत्रिए। त्यही ओभरमा कौनवे पनि आउट भए। कौनवेले २५ बलमा ४७ रन जोडे।
कौनवे आउट भएपछि दुबेलाई साथ दिन अजिन्क्ये रहाणे उत्रिए।
१० औं ओभरको पहिलो बलमा चेन्नईले सय रन पूरा ग¥यो। यसै ओभरको अन्तिम दुई बलमा दुई छक्का प्रहार गरे। टिमको स्कोर ११२ थियो।
११ औं ओभरमा मोहित शर्माले रहाणेको विकेट लिए। एनले १३ बलमा २७ रन जोडे।
१२ औं ओभरको अन्तिम बलमा रासिद खानको अन्तिम दुई बलमा दुबेले लगातार दुई छक्का प्रहार गरे। र, चेन्नईको स्कोर १३३ रन पुग्यो।
१३ औं ओभरमा आफ्नो अन्तिम म्याच खेलिरहेका अम्बाटी रायडुले मोहित शर्माको बललाई प्रहार गर्न सुरु गरे। एनले ८ बलमा १९ रन बनाएर मोहितकै बलमा आउट भए।
रायडुपछि ब्याटिङका लागि आएका कप्तान धोनी शून्य रन बनाएर आउट भए।
१४ औं ओभरमा बलिङ गरेका मोहम्मद सामीले केबल ८ रनमात्रै दिए। अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १३ आवश्यक थियो।
सुरुको चार बलमा मात्रै तीन रन बन्यो। अन्तिम दुई बलमा जडेजाले शानदार ब्याटिङ गरे। र, पाँचौं बलमा छक्का त्यसपछि अन्तिम बलमा चौका प्रहार गरेर चेन्नईलाई पाँचौंपटक आइपिएलको च्याम्पियन बनाए।