post-slider post-slider

अघिल्लो वर्षको तुलनामा एसइईमा माथिल्लो जिपिए ल्याउने बढी

Image
A A

 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजानिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा यसवर्ष माथिल्लो जिपिए ल्याउनेको संख्यामा वृद्धि भएको देखिन्छ ।

बिहीबार बसेको बोर्ड बैठकले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको नतिजा मा माथिल्लो जिपिए ल्याउनेको संख्यामा वृद्धि भएको देखिएको हो । बोर्डका अध्यक्ष महाश्रमले पनि गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको जानकारी दिए।

बोर्डका अनुसार यसबर्ष नतिजा केहि देखिएको छ । खघिल्लो वर्षको तुलनामा यो वर्ष ३.६० देखि ४.०० जिपिए  ल्याएने विद्यार्थी संख्याको अन्तराल १२ हजार ८२४, ३.२० देखि ३.६० सम्म जिपिए ल्याउने १३ हजार ४४२, २.८० देखि ३.२० सम्म जिपिए ल्याउने २ हजार ४६२ रहेको छ। त्यस्तै नन ग्रेडेमा पनि अघिल्लो वर्षको तुलनामा ८ हजार ५४५ जना कम परेका छन्। 

बोर्डले सार्वजनिक गरेको नतिजा यस्तो छ। 

३.६० देखि ४.०० जिपिए ल्याएने  २२ हजार ४७५

३.२० देखि ३.६० सम्म जिपिए ल्याउने ५५ हजार ६९ 

२.८० देखि ३.२० सम्म जिपिए ल्याउने  ७२ हजार ३६२ 

२.४० देखि २.८० सम्म जिपिए ल्याउने ८९ हजार ३३१ 

२.०० देखि २.४० सम्म जिपिए ल्याउने १ लाख २ हजार २९३ 

नन ग्रेडेड १३ हजार ९९२

 

 

 

 

Tags: