post-slider post-slider

पूर्वभूमिसुधार राज्यमन्त्री रायको हत्या

Image
A A

काठमाडौं- पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

प्रहरीका अनुसार सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार रायको सोमबार राति १ बजे हत्या भएको हो।

घटनास्थल पुगेको प्रहरीले रायको शव कोठाभित्र मृत अवस्थामा फेला पारेको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार रायको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट लागेको देखिएको श्रेष्ठले बताए।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकर परिचालन गरिएको श्रेष्ठले जानकारी दिए।

पूर्वराज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएको खुलेको छ। उनी परिवारसहित मलंगवा बस्दै आएका छन्।

राय खेतीपाती हेर्न उनी रतनपुर आइरहेका हुन्छन्। आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको थाहा भएको छ।

Tags: