post-slider post-slider

परराष्ट्रमन्त्री साउद र नोवेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

Image
A A

काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा सोमबार दुवै जनाबीच भेटवार्ता भएको हो।   

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पु¥याएको योगदानको चर्चा गरेका थिए। 

सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेवापत नोवेल शान्ति पुरष्कार प्रदान गरिएको थियो।
  
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामक शिखर सम्मेलनको तयारी बारे पनि छलफल भएको थियो।
  
लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ।
 
लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो। 

उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसंघीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। 

‘लरेट्स एन्ड लिडर्स’ शिखर सम्मेलनको आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार–प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ।

Tags: