post-slider post-slider

भारतले रच्यो इतिहास, चन्द्रयान–३ को सफल अवतरण

Image
A A

काठमाडौं- भारतलाई चन्द्रमामा सफलता हासिल भएको छ। चन्द्रयान–३ चन्द्रमाको सतहमा सफल अवतरण गरेर इतिहास रचेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने भारत विश्वकै पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम लैन्डरको ‘सफ्ट लैडिङ’ पछि प्रज्ञान रोवर बाहिर आउने र चन्द्रमाको सतहमा घुमेर सोध गर्ने तथा जानकारी जुटाउने छ।

१४ जुलाईका दिन भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान–३ ले आफ्नो ४० दिन लामो यात्रा तय गरेको हो।

इसरोले जनाएअनुसार चन्द्रयान–३ मुख्यरूपले तीन उद्देश्यमा निर्धारित रहेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा लैन्डरको सफ्ट लैन्डिङ, चन्द्रमाको सतहमा लैन्डरलाई उतार्ने र चन्द्रमाको सतहमा सोध गर्ने चन्द्रयान–३ को प्रमुख उद्देश्य रहेको छ।

चन्द्रयान–३ को सफल लैन्डिङपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख एस.सोमनाथले अभियानको सफलताको घोषणा गरेका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिवादन गर्दै सम्बोधनका लागि आग्रह गरे।

ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका भ्रमणमा रहेका मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।

मोदीले भने,‘आफ्नै आँखासामु इतिहास बनिरहेको देख्दा जीवन धन्य भएको छ। यसखाले ऐतिहासिक घटनाहरू जीवनको चेतना बन्ने गर्छ। यो क्षण अविस्मरणीय छ। यो क्षण अभूतपूर्व छ। यो क्षण विकसित भारतको शंखनाद हो। यो क्षण नयाँ भारतको जयघोषको हो। यो क्षण कठिनाइको महासागर पार गर्ने हो। यो क्षण जित चन्द्रपथमा हिँड्ने हो। यो क्षण १४० करोड ढुकढुकीको सामथ्र्य हो। यो क्षण भारतमा नयाँ ऊर्जा नयाँ चेतनाको हो।’

 

 

Tags: