post-slider post-slider

स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी

Image
A A

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ। करार सेवामा पदपूर्तिका लागि परिषद्ले आवेदन माग गरेको हो। 

विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि चाहिने आवश्यक जनशक्ति खुला प्रतियोगिताद्वारा करार सेवामा लिन लागिएको परिषद्ले जनाएको छ। 

अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुई/दुई जना माग गरिएको छ। स्टोर सहायक एकजनाका लागि दरखास्त आह्वान गरिएको छ। 

सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।

final-1693966728.jpg

Tags: