post-slider post-slider

फार्मेसीहरूलाई काठमाडौं महानगरपालिकाको चेतावनी : १० दिनभित्र सुधार गर

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरूलाई फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ।

महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार सूचना निकालेर फार्मेसीहरूलाई सुधारका लागि १० दिनको समय दिएको हो।

सञ्चालनमा रहेका फार्मेसीहरू नियमअनुसार नचलेको, गुड फार्मेसी अभ्यास नभएको, चिकित्सकको प्रिस्किप्सविना औषधि बिक्री वितरण भइरहेको पाइएको भन्दै माहानगरपालिकाले १० दिनभित्र सुधार गर्न निर्देशन दिएको छ।

तोकिएको समयमा व्यवसायीहरूले फार्मेसी सुधान नगरे फार्मेसी बन्द गर्नेसम्मको कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।

अनाधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भएका, चिकित्सकको प्रिस्किप्सनविना औषधि बिक्री वितरण भइरहेको, नार्कोटिक औषधिहरू प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण गरिएको र उक्त औषधिको आवश्यक अभिलेख नराखेको पाइएको महानगरपालिकाले जनाएको छ।

फार्मेसीहरू नियमअनुसार नचलेको, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिइ सञ्चालनमा रहेका विभिन्न गुनासाहरू आमउपभोक्ताबाट आइरहेको र अनुगमन गर्दा समेत उल्लेख भएअनुसार नपाइएकोले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र उल्लेखित सबै कार्य कानुनबमोजिम गर्न महानगरपालिकाले आग्रह गरेको छ।

 

Tags: