post-slider post-slider

हमास आक्रमणमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

Image
A A

काठमाडौं- हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ।

तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण प्रक्रिया पूरा गरेर चार जनाको शव शनिबार दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ।

दूतावासका अनुसार फ्लाई दुबईकै उडान एफजेड ८३५१ मार्फत काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

उडान कार्यतालिकाअनुसार शव आइतबार बिहान काठमाडौं आइपुग्नेछ।

अन्य शवको पहिचानको काम भइरहेको नेपाली दूतावासले जनाएको छ।

यसैगरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी पनि भइरहेको दूतावासले बताएको छ।

 

Tags: