post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचन : मनोनयन दर्ताका लागि के–के चाहिन्छ कागजात?

Image
A A

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ताका लागि उम्मेदवारले १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ।

आयोगको बुधबार बसेको बैठकले मनोनयनपत्र दर्ताका चाहिने आवश्यक कागजातहरूबारे जानकारी दिएको हो।

बैठकले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम कागजात पेस गर्नुपर्ने निर्णय गरेको हो।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा पेस गर्नुपर्ने बताए।

यसैगरी, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६३ बमोजिम १० हजार रूपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ।

तर, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ।

साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनुपर्नेछ।

अरू के–के कागजातहरू चाहिन्छ?

-

Tags: