post-slider post-slider

एनसेल सेयर खरिदबिक्री : सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

Image
A A

काठमाडौं- एनसेल सेयर खरिदबिक्री भएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहल दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाऊ आदेश दिएको हो।

सांसद सिंहले एनसेल खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा २२ मंसिरमा रिट दायर गरेका थिए।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिदबिक्री भएको उनले रिट निवेदनमा दाबी गरेका छन्।

न्यायाधीश राउतको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छफलमा बोलाउने आदेश दिएका छन्।

 

Tags: