post-slider post-slider

भूकम्प प्रभावितलाई सांसदहरूको एक महिनाको तलब र २५ लाख रूपैयाँ सहयोग गर्ने राप्रपाको निर्णय

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्प प्रभावित परिवारलाई संघीय संसद र प्रदेससभा सदस्यहरूको एक महिनाको तलब र पार्टीका तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम प्रदान गर्ने निर्णय गरेको हो।

राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भूकम्प प्रभावितहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि संघ र प्रदेसका सांसदहरूको एक महिनाको तलबका साथै पार्टीको तर्फबाट २५ लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहीको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय भएको उनले बताए।

 

Tags: