post-slider post-slider

नेपालबाट कहिले बाहिरिएला मनसुन?

Image
A A

काठमाडौं- देशका केही स्थानमा आज पनि वर्षा जारी रहेको छ। पानी पर्नेक्रम पूर्ण रूपमा नरोकिएकाले मनसुन बाहिरिन केही दिन ढिलो हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

कोसी र मधेस प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेकाले मनसुनी प्रणाली बाहिरिन केही दिन लाग्ने महाशाखाले जनाएको छ। 

मनसुन बाहिरिन कम्तीमा दुई/तीन दिन पानी पर्नेक्रम पूर्ण रुपमा रोकिएर घाम लाग्नु पर्ने मौसमविद् प्रतिमा मानन्धरले बताइन्। कोसी र मधेस प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेकाले केही दिन अझै मनसुन बाहिरिन समय लाग्ने उनको भनाइ छ।

हिजो सुदूरपश्चिम प्रदेशमा मौसम सफा रहेको उनले बताइन्। आज कर्णाली प्रदेशमा मौसम सफा हुने सम्भावना रहेको उनको भनाइ छ।

पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्दै गएर नेपालबाट मनसुन बाहिरिने गरेको छ। 

मनसुन बाहिरिने औसत मितिभन्दा चार दिन ढिलो भइसकेको छ। अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो। तर, केही वर्षयता लगातार औसत मितिभन्दा पछि मनसुन बाहिरिँदै आएको छ। 

Tags: