post-slider post-slider

एमालेले सातै प्रदेशमा संविधान दिवस मनाउने

Image
A A

काठमाडौं- नेकपा एमालेले सातै प्रदेशमा संविधान दिवस मनाउने भएको छ। एमालेको बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३ गते सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारेर सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको एमाले सचिव योगेश भट्टराईले बताए।

एमालेले दसैं र तिहार पर्वको बीचमा पोलिट्ब्युरो बैठक गर्ने निर्णय गरेको छ। मंसिरमा केन्द्रीय कमिटी बैठक राख्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

मंसिरमा धनगढीमा केन्द्रीय कमिटी राख्ने र त्यसले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियानको योजना बनाउने पनि एमालेले जनाएको छ।

 

Tags: