post-slider post-slider

‘विवादस्पद’ अभिव्यक्तिबारे प्रचण्डले संसद फेस गर्ने

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो ‘विवादस्पद’ अभिव्यक्तिबारे संसदलाई फेस गर्ने भएका छन्।

सत्ता साझेदार दलहरूको बिहीबार बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसदमा आफ्नो कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डले संसदमा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताए।

प्रधानमन्त्रीको राजीनामाको कल्पनासमेत गर्न नसकिने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले सदनमा आएर आफ्ना विषयवस्तु राख्ने समझदारी बनेको छ। राजीनामा त कल्पना पनि गर्न सकिँदैन,’ उनले भने।

नेपालमा पहिलोपटक ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबार किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेको छ।

त्यस्तै रास्वपालगायतका विपक्षी दलहरूले प्रचण्डको जवाफ मागेका छन्।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूको बैठकमा यो प्रसंग आफूले नभइ सिंहले उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टिकरण दिएका थिए।

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउने सिंहले बारम्बार प्रयास गरेको बताएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएको हो।

बुधबार प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो।

त्यस्तै एमालेका सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै अवरोध गरेपछि राष्ट्रियसभाको बैठक पनि अवरूद्ध भएको थियो।

 

Tags: