post-slider post-slider

चन्द्रागिरी नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ

Image
A A

काठमाडौं- चन्द्रागिरी नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ गरेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाको वडा नम्बर १४ मा कार्यरत एसिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तलाई घुससहित पक्राउ गरेको हो।

आयोगबाट खटिएको टोलीले पन्तलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

गोप्य सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सतुंगलस्थित खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत पन्तले सेवाग्रहीसँग घुस मागेको बताएको छ।

पन्तलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

Tags: