post-slider post-slider

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ‘आइएलएस’ सञ्चालन गर्न भारतले दियो अनुमति

Image
A A

काठमाडौं- भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) सञ्चालन गर्न भारतले अनुमति दिएको छ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय पक्षले आइएलएस स्वीकृति दिने समझदारी बनेको हो।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा महत्वपूर्ण सम्झौताहरू भएका छन्।

प्रतिनिधिमण्डलस्तरीय बैठकपछि आयोजित प्रधानमन्त्रीद्वयको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आइएलएस अवतरणको सुविधासमेत खुला गर्ने गरी समझदारी भएको जानकारी दिए।

योसँगै अब जुनसुकै मौसममा पनि आइएलएसजडित विमानहरू अवतरण हुनसक्ने छन्।

यसअघि आइएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहजहरूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन्।

 

Tags: