post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपमन्त्री हायानले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्।

भेटका क्रममा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

उपमन्त्री हयान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्।

नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

Tags: