post-slider post-slider

भ्रष्टाचार नियन्त्रण गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेको बताएका छन्।

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

प्रचण्डले भ्रष्टाचारलगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गनेै तयारी भइरहेको जानकारी दिए।

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गरिन लागिएको उनले बताए।

उनले बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको बताए।

आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको प्रष्ट पारे।

 

Tags: