post-slider post-slider

घट्यो द्रुतमार्ग र भौतिक मन्त्रालयको बजेट

Image
A A

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि काठमाडौं–तराई मधेस दु्रतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले दु्रतमार्गका लागि बजेट घटाइएको बताए।

चालु आर्थिक वर्षमा सरकारले आयोजनाका लागि ३० अर्ब बजेट विनियोजन गरेको थियो।

चार वर्षभित्र सम्पन्न गर्ने भन्दै १४ जेठ २०७४ मा निर्माण सुरू भएको दु्रतमार्गको गत वैशाखमा म्याद थप भएको थियो।

पछिल्लोपटक म्याद थपेर मंसिर २०८१ सम्म सक्ने भनिएकोमा सरकारले आयोजनाको म्याद २०८३ चैतसम्म थप गरेको छ।

सुरूको लक्ष्यअनुसार यो मार्गको निर्माण कार्य नेपाली सेनाले २०७८ भदौसम्म सम्पन्न गर्नुपर्ने थियो।

लक्ष्यअनुसार काम नहुँदा पनि सेनाले आयोजनामा मनपरी ढंगले म्याद थपको अनुमति पाइरहेको छ।

सुरूमा १ खर्ब ७५ अर्बमा तयार हुने अनुमान गरिएको यो परियोजनाको लागत अहिले २ खर्ब १३ अर्ब पुगिसकेको छ।

आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पनि करिब ३६ अर्बले घटेको छ।

चालु आर्थिक वर्षमा मन्त्रालयले १ खर्ब ६७ अर्ब १८ करोड बजेट पाएकोमा आगामी आर्थिक वर्षका लागि १ खर्ब ३१ अर्ब ३९ मात्रै विनियोजन भएको छ।

 

Tags: