post-slider post-slider

सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

Image
A A

काठमाडौं- सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ परेको छ।

राजस्व अनुसन्धान विभागले सय केजी सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ६ जनालाई पक्राउ गरेको हो।

विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार तथा जाँचकी कुमार ढकाल र एक्स–रे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ।

त्यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले पक्राउ गरेको हो।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब सय किलो सुन राजस्व अनुसन्धानको टोलीले बरामद गरेको थियो।

 

Tags: