post-slider post-slider

स्वास्थ्य मन्त्रालय समन्वय महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाललाई

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतले डा. दासलाई बुधबार महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन्।

महाशाखामा हाल यशोदा अर्याल प्रमुखका ररुपमा कार्यरत रहेकोमा उनी अध्ययन विदामा जाने भएपछि मन्त्री बस्नेतले डा. दासलाई जिम्मेवारी दिएका हुन्। 

डा. दास मन्त्रालयमा नै कार्यरत थिए। मन्त्रालयमा उनलाई कुनै पनि महाशाखाको जिम्मा दिइएको थिएन। त्यसअघि भने उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। 

यसैगरी, भेरी अस्पतालका मेसु पनि फेरिएका छन्। भेरी अस्पतालको मेसुमा डा. पवनजंग रायमाझी आएका छन्। अस्पतालमा डा. बद्री चापागाईं मेसु थिए।

यस्तै, मन्त्रालयको नीति योजना शाखाका उपसचिव पनि परिवर्तन भएका छन्। शाखामा राजेश पन्थी आएका छन्। उपसचिव पन्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भई स्वास्थ्यमा आएका हुन्। यसअघि उक्त शाखामा लिलाराज पौडेल थिए।

Tags: