post-slider post-slider

महँगी घट्यो, रेमिट्यान्स आप्रवाहमा सुधार

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकले महँगी नियन्त्रणमा आएको जनाएको छ।

कात्तिक महिनामा महँगी ५.३८ प्रतिशतमा खुम्चिएको राष्ट्र बैंकले जनाएको हो।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिि गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयसम्बन्धि प्रतिवेदनमा महँगी नियन्त्रणमा आएको देखिएको हो।

गत असोजमा ७.५० प्रतिशत महँगी रहेकोमा कात्तिक महिनामा ५.३८ प्रतिशतमा खुम्चिएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

घ्यू तथा तेल १४.२३ प्रतिशत र तरकारीको मूल्य ५.३५ प्रतिशतले घटेकोले कात्तिकमा महँगी केही घटेको देखिएको हो।

राष्ट्र बैंकको प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २६.४ प्रतिशतले वृद्धि भइ ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको देखाएको छ।

रेमिट्यान्समा आएको सुधारले शोधान्तर स्थिति १ खर्ब ४७ अर्ब  ११ करोडले बचतमा छ।

कात्तिक मसान्तमा विदेशी विनिमयको सञ्चिति १६ खर्ब ९६ अर्ब  ७८ करोड पुगेको छ।

Tags: