post-slider post-slider

‘केपी ओली कांग्रेससँग मिलेर सरकार बनाउने तयारी गरिरहेका छन्,’

Image
A A

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने तयारी गरिरहेको बताएका छन्।

एमाले अध्यक्ष ओली कम्युनिस्ट सरकार ढालेर कांग्रेसससँग सरकार बनाउने तयारी गरिरहेको नेपालले दाबी गरेका हुन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसको सरकारलाई साथ दिन चाहेको बताए।

‘केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्,’ नेपालले भने,‘कस्तो बिडम्बना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

अध्यक्ष नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी महत्वपूर्ण शक्तिको रूपमा उदाएका दाबी गरे।

‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रूपमा उदाएको छ। एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईंहरूले सुनिरहनुभएको छ। हामीले चालिरहेको कदमलाई सकारात्मक रूपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकताबद्ध बनाएर समाजवादविरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, विस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौं, तपाईंहरूले गर्नुभयो भन्नुपर्ने हो,’ उनले भने।

अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको पनि आरोप लगाए।

 

Tags: