post-slider post-slider

भजनशिरोमणिको पार्थिव शरीमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Image
A A

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।  

सोमबार दिवंगत आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेका उनले श्रद्धाञ्जलि अर्पण गर्दै सम्मान गरेका हुन्। 

आर्चार्यको योगदानले गीतसंगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने उनको भनाइ थियो। आचार्यको योगदान मुलुकका लागि महत्त्वपूर्ण रहेको दाहालले बताए।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ। 

पशुपति आर्यघाटमा आचार्यको पार्थिक शरीरको अन्तिम संस्कार गरिने छ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत सङ्गीत क्षेत्रमै छन्। विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यले ४ सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन्।

Tags: