post-slider post-slider

गैह्रीगाउँ हत्या प्रकरण : थप एक जना पक्राउ

Image
A A

काठमाडौं- गैह्रीगाउँ सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंका प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

सिसिटिभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले संदिग्ध व्यक्तिलाई पक्राउ गरेको हो।

दिव्य सः मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७५ वर्षीया आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राईको शुक्रबार राति हत्या भएको थियो।

हत्याबारे ट्याक्सी चढेर जानकारी गराउन गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

कुमार मिलका सुरक्षा गार्ड हुन्। मिलभित्र धारिलो हतियार प्रहार गरी चारै जनाको सामूहिक हत्या भएको थियो।

घटनाको दुई दिन बितिसक्दासमेत प्रहरीले संलग्नबारे ठोस सुराक प्राप्त गर्न सकेको छैन।

 

Tags: