post-slider post-slider

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन कामपाको निर्देशन

Image
A A

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (नीजि) विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयको शिक्षक सरह तलब दिन निर्देशन दिएको छ। 

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयको सरह तलब दिन निर्देशन दिएका छन्। विद्यालयले सोहि अनुसारको तलब नदिए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्। 

‘काठमाडौं महानगरपालिकामा संस्थागत (नीजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ।  ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

 

 

Tags: