२० हजार भायल एचपीभी खोप आइपुग्यो
काठमाडौं २० हजार भायल पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ।
स्वास्थ्य सेवा विभागको खरिद शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २० हजार भायल एचपीभी खोप नेपाल आइपुगेको हो ।
‘चीनबाट आज १० हजार भायल एचपीभी खोप आइपुगेको छ,’ डा चौरासियाले भने ।
नेपाल सरकारले खरिद गरेको यो खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई डोज दिइनेछ ।