post-slider post-slider

ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने चेन ब्रेक गर्न आवश्यक छ : अर्थमन्त्री

Image
A A

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले  बैंकहरुमाथि आक्रोश व्यक्त गरेका छन्। सरकार लगानीको वातावरण बनाउँदै उत्पादनमा केन्द्रित हुनेगरी अघि बढिरहे पनि यसको विपरीत बैंकहरुले ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको अर्थमन्त्री डा.महतले  बताए। 

यस्तो लगानीको वातावरण बिथोल्ने तत्त्व र तीनको चेन ब्रेक (तोड्न) आवश्यक रहेको अर्थमन्त्री महतले बताए।

‘अर्थतन्त्र चलायमान बन्दै गएको छ, बढ्दो रेमिटान्सले मुलुकभित्र पुँजी वृद्धि गरिरहेको छ। तर, बैंकहरुले निरन्तर बढाएको ब्याजका कारण लगानीको वातावरण बिथोल्ने काम भइरहेको छ’ अर्थमन्त्री महतले भने, ‘यस्तो तत्त्व र चेन ब्रेक गर्न आवश्यक छ।’ 

निक्षेप तथा कर्जा सुरक्षण कोषको संवरण वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन्। १७ लाख ऋणी र निक्षेपकर्ताको वित्तीय सुरक्षण गरिरहेको कोषले थप दायरा र दायित्व बढाउनुपर्ने उनले बताए।

हाल कोषले लघु वृत्त, साना तथा मझौला, कृषि, पशुपन्छी, सहुलियतपूर्ण कर्जाका साथै निक्षेपको समेत सुरक्षण गर्दै आएको छ।

Tags: