post-slider post-slider

पाँच तलाबाट हाम्फाल्दा व्यापारीको मृत्यु

Image
A A

काठमाडौं- कैलाली धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम्फाल्दा ज्यान गएको छ।

धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको उपचारको क्रममा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्दीप स्टोरका सञ्चालक अग्रवालले बुधबार बिहान आफ्नो घरको पाँचौं तलाबाट जमिनमा हाम्फालेका हुन्।

घरको छतबाट हाम्फालेका व्यापारी अग्रवाललाई उपचारका लागि नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अग्रवाल कस्मेटिक व्यापार गर्दै आएका थिए।

उनी के कति कारणले घरको छतबाट हाम्फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरको माथिल्लो तलाको छटमा पुगेका अग्रवाललाई आसपासका स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम्फालेको जनाइएको छ।

 

Tags: