post-slider post-slider

जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने

Image
A A

काठमाडौं- जनमत पार्टीले सरकारको बजेटको विपक्षमा मतदान गर्ने भएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस हुन लागेको आगामी आर्थिक वर्षकोे बजेटको विपक्षमा जनमत पार्टीले मतदान गर्ने भएको हो।

बुधबार बसेको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

जनमत पार्टीका अध्यक्ष सिके राउतले बजेट आफ्नो पार्टीलाई अस्वीकार्य भएकाले विरोधमा मतदान गर्ने निर्णय भएको जानकारी दिएका छन्।

जनमत पार्टी सरकारमा सहभागी नभए पनि समर्थन भने कायमै राखेको छ।

अध्यक्ष राउतले बजेट संशोधन नभए विपक्षमा मतदान गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए।

 

 

Tags: