post-slider post-slider

चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउने प्रयास भइरहेको छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको चिकित्सा शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय रूपमा अकर्षणको केन्द्र बनाउने प्रयास भइरहेको बताएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बाह्रौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धको आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीहरूको आकर्षण र देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताए।

अहिले उत्पादन भएका जनशक्तिहरूका लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनका अवसर वृद्धि गर्दै लैजानु अपरिहार्य भएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले जनशक्ति उत्पादन वृद्धिमात्र नभइ गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनमा समेत जोड दिए।

 

Tags: