post-slider post-slider

भारत भर्सेस न्युजिल्यान्ड : भारतले लेला २०१९ को बदला?

Image
A A

काठमाडौं- १० जुलाई, २०१९, साँझ करिब ४ बजिरहेको थियो। र, इंग्ल्यान्डस्थित ओल्ड ट्रैफर्ड स्टेडियममा सन्नाटा छाएको थियो।

एकदिवसीय क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेल सकिनै लागेको थियो।

न्युजिल्यान्डको टिम एक दिनअघि वर्षाका कारण प्रभावित भएको आफ्नो पहिलो इनिङमा कुल २३९ रन बनाएको थियो। र, भोलिपल्ट भारतले ५० ओभरमा यो लक्ष्य पूरा गर्नुपर्ने थियो।

१० जुलाई साँझ कोच रवि शास्त्री र कप्तान विराट कोहलीलाई पछ्याउँदै भारतीय टिमका खेलाडी भारी मनका साथ बसमा चढिरहेका थिए।

१८ रनको अन्तरले पराजयपछि भारतीय टिम लैंसायर क्रिकेट क्लबबाट बाहिरिँदै गर्दा निराश भारतीय प्रशंसकहरू रिसले आगो भइरहेका थिए।

आज दिउँसो भारतीय टिम धर्मशालामा न्युजिल्यान्डविरूद्ध मैदानमा उत्रिँदैछ। त्योअघि अघिल्लो विश्वकपको तितो सम्झना सम्भवतः सबै खेलाडीको मनमा आइसकेको हुनुपर्छ।

त्यो सेमिफाइनलमा न्युजिल्यान्डले दिएको २३९ रनको लक्ष्य पछ्याएको भारतीय टिमका उपल्लो क्रमका ब्याटरहरूले ‘लज्जास्पद’ प्रदर्शन गरेका थिए।

केएल राहुल १, रोहित शर्मा १, विराट कोहली १ र दिनेश कात्र्तिक ६ रनमा आउट भएका थिए।

ऋषभ पन्त र हार्दिक पान्ड्याले ३२–३२ रनको इनिङ खेले भने महेन्द्रसिंह धोनीले धेरै कठिनाइपछि ५० रन जोडेका थिए। अर्धशतक बनाए पनि धोनी आफ्नो स्वभाविक खेलभन्दा कोसौं टाढा थिए।

केवल रवीन्द्र जडेजाले तिव्र गतिमा खेल्दै केवल ५९ बलमा ७७ रन जोडे। तर, जितका लागि त्यो पर्याप्त थिएन।

यो कुरा चार वर्षअघिको हो। र, २०२३ को एकदिवसीय विश्वकपको आयोजन भारतसँग छ। प्रतियोगितामा भारतको सुरूवात पनि दमदार भएको छ।

सुरूवाती चार म्याचमा भारतले सबै चार म्याच जितेको छ। जसमध्ये अफगानिस्तान र बंगलादेशबाहेक भारतले हराएको दुवै टिम पूर्व च्याम्यिन रहिसकेको छ।

भारतले पूर्वच्याम्पियन पाकिस्तान र अस्ट्रेलियाविरूद्ध सहज जित हासिल ग¥यो।

तर, न्युजिल्यान्डविरूद्धको खेलमा भारतीय टिममा एउटा ठूलो चिन्ता देखिएको छ। त्यो हो–हार्दिक पान्ड्याको अनुपस्थिति।

बंगलादेशविरूद्ध भएको अघिल्लो खेलमा चोटिल भएका हार्दिक न्युजिल्यान्डसँग हुने खेलमा उपलब्ध हुने छैनन्।

भारतीय टिम व्यवस्थापन सामुन्ने सीमित विकल्पहरू छन्। अलराउन्डर हार्दिकको ठाउँमा कि त ब्याटर सूर्यकुमार यादवलाई खेलाउने वा शार्दुल ठाकुरको ठाउँमा रविचन्द्रन अश्विन वा मोहम्मद समीलाई स्थान दिने।

दोस्रो इनिङमा बलिङ गर्ने अवस्था आउँदा शीतका कारण अश्विनलाई स्पिन गराउन कठिन हुनसक्छ। शार्दुलको स्थानमा समीलाई ल्याउँदा टिमको ब्याटिङ कमजोर हुने देखिन्छ।

धर्मशालाको पिज तिब्र गतिका बलरका लागि राम्रो ठानिन्छ। ८५ र ७५ मिटरको बाउन्ड्री भएका कारण बलरलाई सहयोग प्राप्त हुनसक्ने ठानिएको छ।

टस जित्ने टिमले पहिले ब्याटिङ गर्नुपर्ने क्रिकेटका जानकारहरूको भनाइ छ।

न्युजिल्यान्डका पूर्वविकेटकिपर ब्याटर इयान स्मिथ आजको म्याच भारतका लागि राम्रो मौका हुनसक्ने बताउँछन्।

न्युजिल्यान्डका लागि पनि यो म्याच ज्यादै महत्वपूर्ण छ। किनभने विश्वकपको यो संस्करणमा अहिलेसम्म केवल भारतले मात्र अंकतालिकामा उसलाई चुनौति दिएको छ।

यद्यपि दुवै टिमले आफ्नो सुरूको चारवटा म्याच जितेको छ। यद्यपि नेट रनरेटको आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा।

न्युजिल्यान्डका खेलाडी मिचेल सैन्टनर घरेलु परिस्थितिमा भारत ज्यादै मजबुत टिम रहेको बताउँछन्।

यतिबेला भारत उत्कृष्टस्तरको प्रदर्शन गरिरहेको उनको भनाइ छ।

भारतजस्तै न्युजिल्यान्ड पनि मध्य ओभरका क्रममा सन्तुलित तिव्र गतिको बलिङ गरिरहेको छ। र, उसले विकेट पनि हात पारिरहेको छ।

केन विलियम्सन चोटिल भएपछि कप्तानी गरिरहेका टौम लेथमले मैट हेनरी र लौकी फग्र्युसनलाई सफलतापूर्वक प्रयोग गरिरहेका छन्।

ब्याटिङमा कप्तान लेथमबाहेक कोन्वे, विल यंग, रचिन रवीन्द्र र ग्लेन फिलिप्सले समय समयमा ठोस इनिङ दिएका छन्। जसले गर्दा न्युजिल्यान्डले विशाल स्कोरमात्र खडा गरेको छैन बरू उसको रन गतिको औसत पनि तिब्र देखिएको छ।

भारत र न्युजिल्यान्डबीचको खेलका साथै मौसममा पनि सबैको ध्यान रहने छ।

मौसम विभागका अनुसार धर्मशालामा दिनभर बादल रहने छ र दिउँसो २ देखि ४ बजेको बीचमा वर्षाको सम्भावना समेत रहेको छ।

वर्षा भएको अवस्थामा खेल छोटिनसक्ने सम्भावना रहेको बताइएको छ।

 

Tags: