post-slider post-slider

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

Image
A A

काठमाडौँ - नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। एसिसी प्रिमियर कप अन्तर्गत समह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो।

गएराति आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए। कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो।

यो जितपछि नेपाल समूह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ।

अब नेपालले समूह बी को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ। साउदी अरेबिया पराजित भएसँगै समूह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनलमा हङकङले समूह बी को विजेतासँग खेल्ने छ। समूह बी को समुह चरणका अन्तिम खेल पनि आजै हुँदैछन्।     
 

Tags: