post-slider post-slider

भूकम्प प्रभावितका लागि प्राधिकरणद्वारा १ करोड सहयोग

Image
A A

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममका भूकम्पपीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक करोडको चेक हस्तान्तरण गरेको छ।

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायतका कर्मचारी बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेक हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि चेक हस्तान्तरण गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गएको छ भने दुई सयबढी घाइते भएका छन्।

घाइते तथा भूकम्प प्रभावितहरूका लागि विभिन्न सरकारी निकाय एवं संघसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी छ।

 

Tags: