post-slider post-slider

‘विश्वासको संकट समाधान भयो’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका विषयमा राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यसपटकको भ्रमणले समाधान गरेको बताएका छन्।

चारदिने भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘प्रेस मिटमा तपाईंहरूले मोदीजी र मेरो मुखबाट पनि सुन्नुभयो। उहाँले नेपालसँगको सम्बन्धलाई हिमाल जतिको उच्च बनाउने भन्नुभयो,’ प्रचण्डले भने,‘२०१४ मा नेपालको संसदमा बोल्दा जुन उत्साह थियो त्यसलाई स्मरण गर्दै उहाँले हिट भन्नु भएको थियो। अब सुपरहिट गर्नुपर्छ भनेर भन्नु भएको छ। त्यसले पनि विश्वासको वातावरण बन्दै छ भन्ने देखाएको छ।’

उनले २०१९ देखि अप्ठ्यारोमा भएको नेपाल–भारत सम्बन्धमा सुधार आएको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको पारवहन सन्धिलाई आफ्नो भ्रमणको उपलब्धि भएको जिकिर गरे।

उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाआजा गर्दा गेरुवा बस्त्र धारण गरेको विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्टकीकरण दिएका छन्।

आफू मनैदेखि धर्मनिरपेक्षतावादी भए पनि धर्मविरोधी नभएको उनले बताए।

प्रचण्डले महाकालेश्वर मन्दिरको नियमअनुसार नै आफूले त्यसो गरेको उल्लेख गरे।

उनले कुनै धर्मविशेषको नभएर सबै धर्मलाई समान व्यवहार गर्ने उनको भनाइ थियो।

 

Tags: