post-slider post-slider

संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु नै मुख्य राजनीतिक मुद्दा : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्।

अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन लागि परेको बताए।

प्रचण्डले भने,‘नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन लागिरहेको छ। प्रधानमन्त्री र बृहत शान्ति सम्झौताका हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु।’

सत्य निरूपण तथा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि संघीय संसदमा दर्ता भएको जानकारी गराउँदै उनले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे।

पीडितहरूको चासोलाई सम्बोधन गर्न उनीहरूसँग गम्भीर छलफल र अन्तरक्रियापश्चात विधेयक संशोधनका लागि संसदमा प्रस्तुत गरिएको प्रचण्डको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आममाफी नदिइने बताए।

द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने नेपालको दुलर्भ उचित समर्थन र मान्यता दिन उनले विश्व समुदायलाई अपिल गरे।

भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद, शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति र सुरक्षा कायम गर्न चुनौती थपिएको बताउँदै उनले संयुक्त राष्ट्रसंघको वडापत्रमाथि नै गम्भीर समस्या उत्पन्न भएको टिप्पणी गरे।

उनले विश्व समुदायलाई ‘कोर्स’ परिवर्तन गरेर सबैको साझा लक्ष्य शान्ति, समृद्धि र प्रगति बनाएर अघि बढ्न आग्रह गरे।

प्रचण्डले भने,‘नेपालको शान्ति प्रक्रियाको रूपान्तर सदिऔंदेखि चल्दै आएको राजतन्त्रबाट गणतान्त्रिक प्रजातन्त्र अङ्गिकार गरेको छ। यो रूपान्तरण बहुदलीय प्रजातान्त्रिक परिपार्टी हो जसले समाजका हरेक क्षेत्र र तप्काका नागरिकलाई सहभागिताका लागि सुनिश्चित गराएको छ।’

 

Tags: