post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता

Image
A A

काठमाडौं- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट बेइजिङ पुगेका हुन्। उनले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए। भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद र अन्य सदस्य छन्।

 

Tags: