post-slider post-slider

‘अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयहरूले अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

आइतबार पूर्वाञ्चल विश्विद्यालयको ३७ औं बैठकलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रम दिगो विकास, वातावरवण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर बनाउनुपर्ने बताए।

विश्वविद्यालयहरूले जीवनोपयोगी, व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड  दिनुपर्ने उनको भनाइ छ।

‘देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाइ पृथ्वी र मानव जातिमाथि आइपर्नसक्ने तमाम चुनौती र समस्याको समाधानका लागि सोच्नुपर्छ,’  विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रचण्डले भने।

उनले २१ औं शताब्दीको आवश्यक्ता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए।

 

Tags: